site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखरा १३ मा सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य जाँच, फ्रि स्यानिटरी प्याड

पोखरा । तपाईं सेवाग्राही भएर जानुहोस्, वडाले तपाईंको काम पनि गर्छ, निःशुल्क स्वास्थ्य जाँच पनि गरिदिन्छ । वडाको कामले जाँदा आपत्कालीन अवस्थामा निःशुल्क स्यानिटरी प्याड पनि दिन्छ ।

जनताका आधारभूत र प्रशासनिक कामसँगै पोखरा–१३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडामा स्वास्थ्यसँग सम्बन्धित सेवालाई समेत सँगसँगै अगाडि बढाएका छन् ।

“सेवाग्राहीकै सेवाको लागि हामी बसेका छौँ, तर सेवा लिन आउँदा अन्य सास्ती नहोस्, उनीहरूको कामसँगै आइपर्ने समस्या र स्वास्थ्य जाँचलाई पनि अगाडि बढाएका छौँ,” उनले भने ।

पोखरा १३ ले नै पहिलोपटक तालिका नै बनाएर सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ ।

बरालका अनुसार फास्टिङ ब्लड सुगर (एफबीएस) प्रत्येक हप्ताको बुधबार ८ बजे जाँच हुनेछ भने, पीपीबीएस खाना खाएको दुई घण्टापछि १० देखि ५ बजेसम्म जाँच हुनेछ ।

र्‍यान्डम ब्लड सुगर (आरबीएस) हरेक दिन १० देखि ५ बजेसम्म जाँच हुनेछ । “वडामा आउने सेवाग्राहीले सेवासँगै स्वास्थ्य परीक्षण पनि गराएर फर्किने व्यवस्था गरेका छौँ ।” उनले भने ।

ब्लड सुगरबाहेक वडाले हेमोग्लोबिन, ब्लड ग्रुप, युरिक एसिड, एचसीभी, भीडीआरएल, युरिन लगायत परीक्षण गर्ने गरेको छ । “यही श्रावण १ गतेदेखि निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको हो,” बरालले भने । 

यसबाहेक वडामा आउने सेवाग्राहीलाई निःशुल्क स्यानिटरी प्याडको व्यवस्था समेत गरिएको उनले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro