site stats
देश
पाँच करोड भ्रष्टाचारको आरोप लागेका डा. चौरासियासँग स्वास्थ्य राज्यमन्त्रीले लिए स्पष्टीकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत  आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियासँग स्पष्टीकरण सोधेका छन् । औषधि उपकरण खरिदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासियासँग उनले स्पष्टीकरण सोधेका हुन् । 

स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर डा. चौरासियालाई अनियमितता प्रकरणबारे जवाफ मागेका थिए । स्वास्थ्य राज्यमन्त्री केसीले औषधि उपकरण खरिदमा मनलाग्दी नगर्न निर्देशन दिएका छन् ।

S.A.U
Agani Group

स्वास्थ्य राज्यमन्त्री केसीले भने, "यसबारे मन्त्रालयको तर्फबाट सुक्ष्म अध्ययन भइरहेको छ । मन्त्रालयले अनियमितताको विषयमा अध्ययन थाल्छ । दोषी ठहरीए कानुनबमोजिम कारबाही गर्छं ।"

स्वास्थ्य राज्यमन्त्री केसीले डा. चौरासियामाथि १० अर्बको ओषधि–उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनम सरुवा गरेको, पाँच करोड भन्दा बढी घुस लिएको आरोप लागेको विषयमा जवाफ माग गरेका थिए ।

Global bank

डा. चौरासियाले भने आफूले गल्ती नगरेको जवाफ दिएका छन् ।

राज्यमन्त्री केसीको निजी सचिवालयले व्यवस्थापन महाशाखालाई पत्र पठाउँदै डा. चौरासियालाई आज राज्यमन्त्री केसीसमक्ष उपस्थित भई जवाफ दिन भनेको थियो ।

१० अर्बको औषधि उपकरणहरू खरिदमा व्यापक अनियमिता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, पाँच करोड भन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित भएपछि स्पष्टीकरण सोधिएको राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय