site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नयाँ बानेश्वर क्षेत्रका फुटपाथ व्यापारीमाथि महानगरको ‘लगाम’
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापार उठाउँदा चर्को आलोचना र विवाद उत्पन्न भयो । 

चुनावअघि फुटपाथ व्यापारीलाई समय निर्धारण गरेर सजिलैसँग व्यवस्थापन गर्ने अभिव्यक्ति दिएका मेयर बालेन्द्र शाह (बालेन) आफ्नै प्रतिबद्धताविरुद्ध व्यापारीमाथि 'ज्यादती' गरेपछि विवादित बनेका थिए । 

बालेनका चुनावी प्रतिबद्धताको चार नम्बरको छैटौँ बुँदामा उपभोग अवधि वा समयअनुसार खुला ठाउँहरूमा फुटपाथ व्यवसायको तालिका निर्धारण गर्ने उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मेयर निर्वाचित भइसकेपछि बालुवाटरका फुटपाथमा मकै बेच्ने चेतेन्द्र दम्पतीमाथि नगरप्रहरीले लछारपछार गरेको घटना भाइरल बन्यो । सो घटना सेलाउन नपाउँदै आक्रामक देखिएको महानगरले थापाथलीका फुटपाथमा मकै बेच्नेहरूमाथि उही शैली दोहोर्‍यायो । 

ती फुटपाथ व्यापारीले अर्को विकल्प नपाउँदा सोही ठाउँमै जोखिमपूर्ण व्यापार गर्न बाध्य छन् । फुटपाथ व्यापारीलाई विकल्पका रूपमा समय निर्धारण गर्ने बालेनको प्रतिबद्धता पनि अलपत्र छ ।  

Global Ime bank

अहिले महानगरका नगरप्रहरी निरीक्षक किशोर कुमार भट्टराईको नेतृत्वमा १० वटा निकायले नयाँ बानेश्वर क्षेत्रका फुटपाथ व्यापारीमाथि ‘लगाम’ लगाएको छ । सो अभियान अन्तर्गत अब कुनै पनि समयमा नयाँ बानेश्वर क्षेत्रका फुटपाथमा कसैले पनि व्यापार गर्न पाउने छैनन् । 

नगरप्रहरीले बल प्रयोग गरेर जबरजस्ती फुटपाथ उठाउने शैली परिवर्तन गरेको निरीक्षक भट्टराई बताउँछन् । “पछिल्लो समय नगरप्रहरी फुटपाथ व्यापारीमाथि आक्रामक बन्दा सबैले विरोध गरे । यसलाई नगरप्रहरीले राम्रोसँग रियलाइज (महसुस) गरेको छ,” निरीक्षक भट्टराईले भने, “अब नगरप्रहरीले सडकमा फुटपाथ व्यापार मात्रै होइन । अतिक्रमित सडक खाली गर्नेछ । सरसफाइ गर्नेछ । किनारामा भएका बोटविरुवा संरक्षण र सफाइ गर्नेछ तर फरक शैलीमा ।”

नगर प्रहरी निरीक्षक भट्टराईका अनुसार फुटपाथ व्यापार उठाइने छैन, तर, व्यापारीहरूलाई नैतिक शिक्षा तथा तालिम दिएर कहाँबाट सामान ल्याइएको हो त्यही फिर्ता पठाइनेछ । 

महानगरका नगरप्रहरी प्रमुख धनपति सापकोटाले नयाँ बानेश्वर लगायत काठमाडौंका सबै क्षेत्रमा हुने व्यापारलाई रोक लगाइएको बताए । उनले फुटपाथ व्यापारी आउने समय निर्धारण गरी सोही अनुसारको अभियान सञ्चालन गरेको जानकारी दिए ।

“अहिले हामीले नयाँ बानेश्वर क्षेत्रबाट अभियान सुरु गरेका छौँ । अभियानमा स्थानीयले साथ दिँदैछन् । विस्तारै सबै क्षेत्रमा लागु हुन्छ,” सापकोटाले बाह्रखरीसित भने । 

केही दिन पहिले नयाँ बानेश्वर क्षेत्रमा फुटपाथ व्यापारीले बिरामी बोकेको गाडिलाई बोटो नछोड्दा व्यापारी र बिरामी पक्षबीच झडप भएको थियो । सो झडप नियन्त्रण नगरप्रहरी र नेपाल प्रहरीले गरेको थियो । 

त्यसयता फुटपाथकै कारण नागरिकले सास्ती खेपिरहेको भन्दै महानगरले फुटपाथमा व्यापार गर्न नदिन गृहकार्य गर्दै आएको थियो । 

झडप भएको पछिल्लो दिन साँझ सात बजे महागरका मेयर शाहले पनि फुटपाथ व्यापारीहरूलाई सडकमा व्यापार नगर्न आग्रह गर्दै अनुगमनमा पुगेका थिए । 

यसरी गर्नेछन् दश निकायले १० काम 

निरीक्षक भट्टराईका अनुसार नगरप्रहरी टोलीले मात्रै नियन्त्रण गर्न नसक्ने अवस्था सृजना भएपछि स्थानीय नागरिकको सक्रियतामा अहिले स्वयंसेवक परिचालन गरिएको छ ।

अभियानमा नगरप्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सामुदायिक प्रहरी, सटर व्यवसायी व्यापार संघका पदाधिकारी, सडक विभाग, स्थानीय विद्यालय, क्लब संघसंस्था गरी १० वटा निकायको सक्रियता छ । 

“फुटपाथको कुरा मात्रै होइन । १० वटा निकायले १० वटा काम गर्नेछन् । जसअन्तर्गत सडकमा भएका तारहरूको व्यवस्थापन, बोटविरुवाको संरक्षण र सरसफाइ, पेटीमा उप्किएका ढुंगाहरूको मर्मत संम्भार गर्ने, सडक फुटपाथमा पार्किङ गर्न नदिइने, पार्किङको व्यवस्थापन र पार्किङको नियन्त्रण गर्ने लगायत कामहरू छन्,” उनले भने ।  

महानगरका अनुसार काठमाडौंमा बनेका अधिकांश घरहरूमा अन्डरग्राउण्ड पार्किङ बनाइएका थिए । अहिले सो पार्किङस्थल पसलमा परिणत भएका छन । ट्राफिकको सक्रियतामा अन्डरग्राउण्ड पार्किङमा बनाइएका पसलहरू हटाएर पार्किङकै प्रयोजनमा ल्याइनेछ । 

यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाकी डीआईजी मिरा चौधरीले आज (मंगलबार) पार्किङ स्थल निरीक्षण गरेकी छन् । पार्किङ स्थललाई पार्किङकै प्रयोजनमा ल्याउन सके धेरै हदसम्म उपत्यकाको जाम कम गर्न सकिने डीआइजी चौधरीको अनुमान छ । 

महानगरले पार्किङस्थलमा राखिएका पसलहरू हटाएर पुरानै अवस्थामा फर्काउन ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ । 

सूचना बमोजिम पार्किङस्थलमा पसल व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले पसल हटाएर पार्किङकै रूपमा प्रयोग गर्नुपर्नेछ । 

नगरप्रहरी निरीक्षक भट्टराईका अनुसार काठमाडौंका फुटपाथमा भएका समस्याहरू समाधान गर्न प्रत्येक वडाले नेतृत्व लिने गरी अध्ययन गरिएको छ । पहिले वडा नम्बर १० ले नेतृत्व लिने गरी बानेश्वर क्षेत्रमा यस्तो प्रावधान सुरु गरिएको छ ।  

उनी भन्छन्, “यहाँ कति बजेदेखि फुटपाथ व्यापारी आउँछन् । कस्ता खालका मानिसहरू आउँछन् भन्नबारे अनुसन्धान गरेका छौँ । यसअघि प्रहरीले मात्रै यो काम गरिरहेको थियो । अब चाहिँ स्थानीय नागरिकसँगको समन्वय र सहकार्यमा फुटपाथको समस्या समाधान गरिनेछ ।”

आफूहरूले फुटपाथ व्यापार नउठाउने तर उनीहरूलाई नैतिक शिक्षा सिकाएर व्यापार राख्न नदिने कन्सेप्ट (अवधारणा) ल्याएर कडाइ गरिएको उनले बताए । फुटपाथ अतिक्रमण, व्यापार गर्नको लागि नभइ हिँड्नको लागि भएकाले सो कुरा आम नागरिकले अनुभूति गर्नुपर्ने महानगरकोे भनाइ छ । 

नगरप्रहरीले बनाएको नयाँ मापदण्डभित्र नबस्ने नागरिकलाई चेतनामूलक कार्यक्रममार्फत नगरप्रहरीले बुझाउनेछ । महानगरले केही दिनअघिदेखि चलाएको यस ‘फुटपाथ सामाजिक समस्या समाधानका लागि सामूहिक प्रयास’ अभियान प्रभावकारी बन्दै नगरप्रहरी निरीक्षक भट्टराई बताउँछन् ।

अबका दिनहरूमा कोटेश्वर, चाबहील, गौशाला, शंखमूल र बौद्धका फुटपाथमा पनि यो अभियान चलाइनेछ । “बल प्रयोग गरेरै फुटपाथ उठाउँदा राम्रो भएन भन्ने लागेर नै यो अभियान चलाइएको छ । बानेश्वर क्षेत्रमा उदाहरणीय काम गर्छौँ । त्यसपछि यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्छ,” उनले भने ।

फुटपाथ व्यापारीलाई कारबाहीबाट लाखौँ संकलन

महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले २०७४ सालमा फुटपाथ र सडबाट जफत भएका सामान फिर्ता नदिने निर्णय गरेका थिए । उनले महानगरको कार्यपालिका बैठकबाट निर्णय गरी कार्यान्वयन गरिएको थियो । 

सोही अनुसार नगरप्रहरीले सामान उठाएर लिलाम गरेर लाखौँ रुपैयाँ उठाएको छ । महानगरले फलामजन्य सामान लिलामबापत ०७५–७६ मा ५ लाख ७०० रुपैयाँ कमाएको छ । यस्तै ०७६–७७ मा लिलाम गरिएका सामानबाट १८ लाख रुपैयाँ कमाएको छ ।

महानगरले चार वर्षमा खाद्यान्न, कुहिने र फिर्ता दिन मिल्ने सामान फुटपाथ व्यापारीलाई फिर्ता दिए बापत ३५ लाख ७५ हजार रुपैयाँ जरिवाना तिराएको छ । 

त्यस्तै २०७७–७८ मा ८० लाख ११ हजार एक सय र ०७८–०७९ मा ५१ लाख ९३ हजार ९०० रुपैयाँ फुटपाथ व्यापारीको सामग्री जफत गरेपछि लिलाम गरेर र जरिवाना तिराएर रकम संकलन गरेको छ । 

नगरप्रहरीले व्यापारीको सामान हेरेर २०० देखि ५०० रुपैयाँसम्म जरिवाना तिराउँदै आएको छ । 

महानगरका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार ‘कोरसिटी’ बाहिर फुटपाथमा व्यापार राख्न दिने वा नदिनेबारे छलफल भएपनि कुनै टुंगो लागेको छैन । महानगरले फुटपाथ व्यापारीलाई प्रोत्साहन नगर्ने तर विकल्पका लागि छलफल जारी रहेको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC