site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
'नशालु पदार्थ खुवाएर करणी गरे, भिडियो सार्वजनिक गरिदिने धम्की दिएर दोहोर्‍याइरहे'
Ghorahi CementGhorahi Cement

विराटनगर । सुनसरीमा रहेका अभिभावकलाई विराटनगरको एक नर्सिङ कलेजबाट फोन जान्छ– तपाईंकी छोरी दुई महिनादेखि कलेज आएकी छैनन् ।

अभिभावक छक्क पर्छन् । चिन्ता बढ्छ । र, बुवा आफैँ विराटनगर पुग्छन् । छोरीसँग सोधीखोजी गर्छन् । त्यसपछि छोरीले गुम्सिएको पीडा सविस्तार सुनाउँछिन् । 

“उमेरमा आफूभन्दा धेरै नै जेठा दुई पुरुषले मलाई जर्बजस्ती करणी गर्ने गरेका छन्,” १९ वर्षीया किशोरीले बुवासामु मुख खोलिन्, “भिडियो बनाएको छ, सार्वजनिक गरिदिन्छौँ भन्दै धम्क्याएर जबर्जस्ती करणी गरिरहेका छन् ।”

Dabur nepal
Agni Group

छोरीको पीडा बुवाका लागि असह्य थियो । कानुनी उपचार खोज्न दुई जनाविरुद्ध प्रहरीमा उजुरी दिए । लगत्तै आरोपित दुई कराते प्रशिक्षक आइतबार पक्राउ परे ।

पक्राउ परेका विराटनगर–३ का ५० वर्षीय विनोद राउत र विराटनगर–४ का ५० वर्षीय सुरज सुवेदीलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत मोरङले प्रहरीले समय दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट २०६१ सालदेखि राउत र सुवेदीले स्थायी प्रशिक्षकको नियुक्ति पाएका हुन् । राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ जिल्ला र सुवेदी संखुवासभाका कराते प्रशिक्षक हुन् । राउत विराटनगरमा जग्गासम्बन्धी कारोबारसमेत गर्छन् । 

“हामीले घटनाका सबै पक्षबारे सुक्ष्म अनुसन्धान सुरु गरिसकेका छौँ,” जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले भने, “थप छिपेका कुराहरू खुल्दै गएका छन् ।” 

सुरज हेल्थ कलेजको ‘डिसिप्लिन म्यानेजर’ थिए । किशोरी त्यही कलेजकी छात्रा । 

किशोरीले प्रहरीसमक्ष दिएको बयानअनुसार प्रलोभन देखाएर प्रभावित गर्न खोजे । थोरै हिमचिम बढाए । किशोरीको डेरासम्म पुग्न थाले । कहिले भेडेटार त कहिले विराटनगरतिरै घुमाए । सँगै खाना खाए–खुवाए । सम्बन्ध केही कसिलोजस्तै बन्यो । बरगाछीको एक होटलमा किशोरीलाई बियर खुवाए ।

किशोरीकाअनुसार पछि उनीहरूले 'शारीरिक सम्बन्ध' राख्न अस्वीकार गरे भिडियो सार्वजनिक गरिदिने धम्की दिन थाले । र, उनी आमा बुवाको इज्जत जाने डरले निरीह बनिन् ।

 बयानमा उनले भनेकी छन्, "सुरजले बियरमा नशालु पदार्थ हालेर खुवायो । पहिले सुरजले शारीरिक सम्बन्ध राख्यो । त्यसपछि उसैले विनोदलाई बोलायो । मलाई थाहा नदिएर भिडियो बनाए ।"

प्रहरीले भने आफूहरूले भिडियो पाउन नसकेको जनाएको छ । तर, अनुसन्धार भइरहेको एसपी कोइरालाले बताए ।

“भिडियो बनाएको भनिएपनि प्रहरीलाई उपलब्ध गराइएको छैन,” एसपी कोइरालाले भने, “त्यसबारे पनि सोधखोज गरिरहेका छौँ । भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याएर विनोदलाई ल्याएर करणी गराएको रहेछ भन्ने छ । अझै अनुसन्धान गर्दैछौँ ।”

प्रहरीको महिला सेलमा आफूलाई परेको समस्याबारे किशोरीले बयान दिएकी छन् । प्रहरीले जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाउने तयारी गरेको एसपी कोइरालाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu