site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तेस्रो दिन श्रीलंकालाई ३२३ रनको अग्रता

काठमाडौं । पाकिस्तानविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली श्रीलंकाले तेस्रो दिन मंगलबार ३२३ रनको अग्रता लिन सफल भएको छ ।

दोस्रो इनिङ्स थालेको श्रीलंका तेस्रो दिन सकिँदा १७६/५ को स्थितिमा छ ।

श्रीलंकाको गल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाहुना टोली पाकिस्तानले १९१/७ को स्थितिबाट तेस्रो दिन थालेको थियो । पाकिस्तानका यासिर शाह १३ रन बनाए क्रिजमा थिए ।

पाकिस्तानले अघिल्लो दिनको स्कोरमा थप ४० रन जोड्दा बाँकी विकेट गुमायो । यासिर शाहले २६ रन बनाए । हसन अलीले २१ र नौमान अलीले एक रन जोडे ।

शाह र नोमान अलीलाई रमेश मेन्डिसले आउट गरे भने हसन अलीलाई प्रभाथ जयसूर्याले पवेलियनको बाटो देखाएका हुन् । 

पहिलो इनिङ्समा श्रीलंकाका मेन्डिसले ४७ रन दिएर ५ विकेट लिए । जयसूर्याले तीन विकेट लिए । 

तेस्रो दिन सकिँदा श्रीलंकाका दिमुथ करुणारत्ने २७ र धनन्जय डी सिल्भा ३० रन बनाएर क्रिजमा छन् ।

दोस्रो इनिङ्समा श्रीलंकाका एन्जेलो म्याथ्युजले ३५ र दिनेश चन्डीमलले २१ रन बनाए । ओशादा फर्नान्डाोले १९ रन बनाउँदा निरोशन दिकवेला र कुशल मेन्डिसले समान १५ रन बनाए । 

पाकिस्तानका नसीम शाहले दुई विकेट लिए भने यासिर शाह, मोहम्मद नवाज र अघा सलमानले एक एक विकेट लिए ।

श्रीलंकाले पहिलो इनिङ्समा ३७८ रन बनाएको थियो । पाकिस्तानले २३१ रन बनाएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro