site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा डा. विकास लामिछाने मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेलाई मनोनीत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लामिछानेलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।

समितिको अध्यक्षमा स्वास्थ्यमन्त्री, सह अध्यक्ष स्वास्थ्य राज्यमन्त्री, सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य, उद्योग सचिव, अर्थ सचिव, कृषि सचिव, खानेपानी सचिव, महिला बालबालिका तथा ज्येष्ठ नागरिक हेर्ने सचिव, गृह सचिव, वन तथा वातावरण मन्त्रालयका सचिव, श्रम तथा रोगगार तथा सामाजिक सुरक्षा सम्बन्धी सचिव, स्वास्थ्य सचिव, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ लगायत २१ जना रहने व्यवस्था छ ।

समितिले स्वास्थ्यका विभिन्न विषयगत क्षेत्रको नीति तथा कार्यक्रमहरूमा जनस्वास्थ्यका मुद्दाहरूलाई समावेश गर्ने सम्बन्धमा नीतिगत सुझाव दिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro