site stats
अर्थ व्यवसाय
सुरु भयो मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा
S.A.U
Agani Group
Global bank

काठमाडौं । पे नेप प्राइभेट लिमिटेड (मोरू) डिजिटल वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सुरु भएको छ ।

मोरूले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी  मोरू डिजिटल वालेट एपमार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरु गरेको हो ।

मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । साथै मोरू वालेट प्रयोगकर्ताले हाल बिग मार्टमा किनमेल गर्दा मोरू वालेटमार्फत ‘स्मार्ट क्यूआर’  प्रयोग गरी भुक्तानी गरेमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय