site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रूपन्देहीको सियारी गाउँपालिकामा चिकित्सकीय सेवासहितको पशु हाटबजार सञ्चालनमा

बुटवल । रूपन्देहीको सियारी गाउँपालिका २ च्याङ्गठामा पशु हाटबजार सञ्चालनमा आएको छ । विश्व बैँकको पाँच करोड ऋण अनुदानमा तयार भएको हाटबजार सञ्चालनमा आएको हो ।

किसानलाई गाईभैँसीको बजारीकरणमा सहज बनाउने उद्देश्यले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले हाटबजार निर्माण गरेको आयोजना प्रमुख गान्धीराज उपाध्यायले बताए । हाटबजारमा पशु चिकित्सकको पनि व्यवस्था गरिएको छ । जहाँ किसानले ल्याएका पशु चौपायाको निशुल्क उपचार हुने गाउँपालिकाका पशु शाखा प्रमुख गणेश खनालले जानकारी दिए ।

अत्याधुनिक पशु हाटबजारमा निशुल्क विशेषज्ञ चिकित्सकीय सेवा लिन पाइने भएपछि किसानहरू खुसी भएका छन् । हाटबजारमा पशु चौपाया बिक्री गर्दा उचित मूल्य पाइने र सहज रूपमा बिक्री गर्ने वातावरण तयार भएको किसानहरू बताउँछन् ।

हाटबजार सञ्चालनका लागि समिति गठन गरिएको छ । सियारी च्याङ्गठा पशु हाटबजार सञ्चालक समितिले साप्ताहिक हाटबजार अन्तरगत हरेक आइतबार बजार सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताए । हाट बजारमा पशुको स्वास्थ्य जाँच, तिनीहरुको खरिद बिक्री, दाना पानी खुवाउने व्यवस्था गरिएको छ । गाईभैँसी  बिक्री नभए केही दिनलाई होल्डिङ सेन्टरमा राख्न सकिन्छ ।

किसान तथा व्यापारीलाई खाजा, खाना र आराम गर्ने स्थल बनेको छ । पशु हाटबजारमा प्राविधिक र व्यवस्थापकीय सेवा गाउँपालिकाले गर्नेछ । उत्पादनशील गाईभैँसी र मासुकालागि पाडो, राँगो र भैँसी राख्ने व्यवस्था छ ।

हाटबजार सञ्चालनको व्यवस्थापनका लागि खरिदकर्ताबाट भने तीन सय रुपैयाँ लिने गाउँपालिकाले जनाएको छ । पशु हाटबजार दुई विघा क्षेत्रफलमा फैलिएको छ । यहाँबाट एक हजार पशु चौपाया खरिद बिक्री गर्न सकिन्छ । रूपन्देहीबाट मासुका लागि पाडो, राँगा र भैंसी काठमाडौँ, पोखरा र चितवनमा जान्छ भने उत्पादनशील गाईभैँसी विशेष गरि छिमेकी जिल्लामा लैजाने गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro