site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 चेस ओलम्पियाड टिमको बिदाइ

काठमाडौं । चेस ओलम्पियाडको ४४औँ संस्करणमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गरेका छन् । 

मित्रराष्ट्र भारतको चेन्नईमा जुलाई २८ देखि अगस्ट ९ सम्म आयोजना हुने प्रतियोगितामा नेपालबाट पुरुष र महिला दुवै टोलीले आफ्नो चुनौती पेस गर्नेछन् । सिंहदरबारस्थित मन्त्रालयको आफ्नै कार्यकक्षमा बिदाइ समारोहमा मन्त्री श्रेष्ठले नेपाली चेस टोलीलाई उच्च मनोबलका साथ सहभागी हुँदै विजयी नतिजाका लागि शुभकामना दिए ।

सन् २००४ मा स्पेनमा सम्पन्न ३६औँ चेस ओलम्पियाडबाट नेपाली पुरुष टोलीले लगातार सहभागिता जनाउँदै आएको छ । नेपालको पुरुष टिममा वर्तमान नेसनल च्याम्पियन पुरुषोतम चौलागाईं, फिडे मास्टरद्वय रूपेश जयसवाल र क्षितिज भण्डारी तथा क्यान्डिडेट मास्टरद्वय विवेक थिङ र मिलन लामा रहेका छन् । संघका उपाध्यक्ष एवं नेसनल इन्स्ट्रक्टर धनबहादुर बोगटीले टिम क्याप्टेनको भूमिका निर्वाह गर्नेछन् । 

महिला टोलीले भने २०१४ मा नर्वेमा सम्पन्न ४१औँ चेस ओलम्पियाडबाट सहभागिता जनाउन थालेको हो । यसपटक नेपाली महिला टोलीमा नेसनल च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी, कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति धिमाल छन् । 

नेपाली टोलीको ‘हेड अफ द डेलिगेट’ का रुपमा संघका महासचिव धरमबहादुर लामा सहभागी हुँदैछन् । संघका सचिवद्वय अन्तर्राष्ट्रिय आर्विटर उमेश केसी तथा फिडे आर्विटर मोनालिशा खम्बु पनि आर्विटरको रूपमा सहभागी हुँदैछन् । केसी तथा खम्बु दुवैलाई फिडेको आर्विटर कमिसनले म्याच आर्विटर नियुक्त गरेको हो ।

जुलाई ३१ देखि अगस्ट ९ सम्म हुने अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ९३औँ कंग्रेसमा नेपालको तर्फबाट संघका अध्यक्ष बिदुरप्रसाद गौतमले प्रतिनिधित्व गर्नेछन् । कंग्रेसले फिडेको नयाँ कार्यसमिति समेत निर्वाचित गर्नेछ । कंग्रेस अनर्तगत आयोजना हुने विभिन्न बैठकमा सहभागिताका लागि संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, उपाध्यक्ष नारायणदास गमाल तथा कोषाध्यक्ष ज्ञानेन्द्र महर्जन समेत गरी जम्मा १९ सदस्यीय टोली बुधबार दिउँसो चेन्नई प्रस्थान गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro