site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगानीकर्ता नाफा बुक गर्नतर्फ लागेपछि नेप्से ४५ अंकले घट्यो

काठमाडौं । पछिल्ला दुई कारोबार दिन ११५ अंक बढेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ४४.८० अंक घटेको छ । लगानीकर्ता नाफा बुक गर्नतर्फ लागेसँगै नेप्से परिसूचक उच्च अंकले घटेको हो । आज नेप्से २.१० प्रतिशतले घटेर २०८८.१६ विन्दुमा झरेको हो ।

कारोबारमा आएका २२२ धितोपत्रको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर तीन अर्ब ७० करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । आज सेन्सेटिभ इन्डेक्स २.२१ प्रतिशतले घटेर ३९८.३९ विन्दुमा झरेको छ ।

पछिल्लो समय मौद्रिक नीतिका कारण बजार बढेको भन्ने हल्ला फिजाइएको भएपनि आज त्यस्तो देखिएन । एकैदिन उच्च अंकले बजार बढ्ने र एकै दिन उच्च अंकले बजार घट्ने गरेकाले बजारमा ठूला लगानीकर्ताको चलखेल व्यापक रहेको कतिपय लगानीकर्ताको आशंका छ ।  

आज पाँचवटा धितोपत्रको मूल्य पाँच प्रतिशतभन्दा बढी घटेको छ । सर्वाधिक मूल्य घट्नेमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यसको ६.८२ प्रतिशत मूल्य घटेको छ । त्यसैगरी सर्वाधिक सेयर मूल्यवृद्धि मल्टिपर्पज कम्पनी लिमिटेडको भएको छ । यो काम्पनीको सेयर मूल्य ९.३२ प्रतिशतले वृद्धि भएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक रकमको सेयर कारोबार भएको छ । यो कम्पनीको १९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहगत उपसूचकमा कमी आएको छ । सबैभन्दा बढी ‘अन्य’ समूहको मूल्य घटेको छ । यो समूहको उपसूचक ३.५६ प्रतिशत घटेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro