site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मंकीपक्सको जोखिम बढेपछि सीमानाकामा निगरानी बढाइयो 
फाइल तस्बिर ।

काठमाडौं । छिमेकी मुलुक भारतमा मंकीपक्सका संक्रमित देखिन थालेपछि भारतसँग जोडिएका नेपालका सीमानाकाहरूमा निगरानी बढाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा संक्रमण देखिएसँगै अन्तर्राष्ट्रिय विमानस्थल र १४ नाकाको हेल्थडेस्कमा निगरानी बढाएको जनाएको छ ।

इपिडिमियालोलोजी तथा रोग नियन्त्रण महाशाखका निर्देशक डा. चुमनलाल दासका अनुसार मंकीपक्सको लक्षण देखिएका बिरामीहरूको अनिवार्य ‘स्क्रिनिङ’ गराउन र अरू यात्रीभन्दा छुट्टै राख्ने व्यवस्था गर्न १४ नाकाकै हेल्थडेस्कहरूलाई निर्देशन दिइएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रीमा मंकीपक्ससँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखिए तुरुन्तै टेकु अस्पताल पुर्‍याउने गरी टोली तयारी अवस्थामा राखिएको डा. दासले बताए ।

स्वास्थ्य मन्त्रालयले सबै प्रदेशमा १४ फोकल चिकित्सकहरू तोकेर ‘केस’ अनुसन्धानका लागि तयारी अवस्थामा राखेको जनाएको छ ।

छिमेकी मुलुक भारतमा आइतबारसम्म मंकीपक्सका पाँच केस पुष्टि भएको  छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई गएको शनिबार विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

डब्ल्यूएचओका अनुसार जुलाई २२ सम्म ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भएको छ । पाँचजनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro