site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इन्स्पेक्टरमा अन्तिम, एसपी हुँदा ११औँ र स्टाफ कलेज ‘फेल’ देउवाका ज्वाइँ एसएसपीमा एक नम्बरमा बढुवा 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा एवं स्वकीयसचिव भानु देउवाका ज्वाइँ दीपेन्द्र कुँवर सशस्त्र प्रहरीको एसएसपी बढुवामा एक नम्बरमा सिफारिस भएपछि यो विषय चर्चामा छ ।

संगठनभित्रै उनको बढुवा छलाङलाई लिएर असन्तुष्टि बढेको छ । दुई नम्बर ज्येष्ठता क्रममा राखेर गएको आइतबार गृह मन्त्रालयले उनलाई बढुवा सिफारिस गरेको हो ।

एक नम्बरमा बढुवामा सिफारिस भएका प्रविण कँडेल नेपाल प्रहरीबाट स्थान्तरण भएर आएकाले कुँवर आफ्नो ब्याचमा एक नम्बरमा परेका हुन् । यसले उनको सशस्त्रको आईजीपी बन्ने सम्भावना बढेको छ ।

उनी एसपी हुँदा ११ नम्बरमा थिए । सशस्त्र प्रहरी इन्सपेक्टरमा भर्ना हुँदा ७५ जनामा उनी अन्तिममा थिए ।

बालुवाटारको दबाबमा उनी छलाङ मार्दै बढुवा सिफारिसमा परेका हुन् । त्यसो त नेपाल प्रहरीको डीआईजी र एसएसपी बढुवामा पनि बालुवाटारनिकट व्यक्ति नै अगाडि आएका छन् । सिनियर ब्याचलाई समेत उछिनेर जुनियरलाई अगाडि ल्याइएको छ ।

कुँवर कायममुकायम एसएसपी समेत हुन् । उनैका लागि कामु एसएसपीबाट एसएसपी बनाउन गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको नियमावलीलाई नै संशोधन गरेको थियो ।

सशस्त्र प्रहरी नियमावली, ०७२ मा सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भावित उमेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक तहमुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने प्रावधान थियो । तर, त्यसलाई संशोधन गरेर तीन वर्ष कायम गरियो । जसको प्रत्यक्ष लाभ कुँवरलाई भयो ।

सशस्त्र प्रहरीमा हाल तीन डीआईजीको दरबन्दी खाली छ । यस्तोमा डीआईजी बढुवामा कुँवर पर्ने निश्चित हुनेछ । जसले उनी भावी आईजीपी बन्ने मार्ग सहज हुनेछ ।

बैतडी पुर्ख्यौली घर भएका कुँवर इन्सपेक्टर र डीएसपी बढुवामा समेत वरीयतामा पछाडि थिए । तर, शक्तिकेन्द्रको दबाबमा उनी अगाडि आउँदा व्यावसायिक प्रहरी अधिकृतको मनोबल कमजोर भएको सशस्त्रका अधिकारीहरू बताउँछन् ।

यति मात्र होइन, सशस्त्रको नियमावलीअनुसार एसएसपीबाट डीआईजीमा बढुवा हुन अनिवार्य स्टाफ कलेज पास गरेको हुनुपर्ने प्रावधान छ । त्रिभुवन विश्वविद्यालयले लिने स्टाफ कलेजको प्रवेश परीक्षामै कुँवर दुईपटक ‘फेल’ भएका थिए । एक अधिकारीका अनुसार दुईपटक फेल भएपछि कुँवरलाई विनाप्रतिस्पर्धा नेपाली सेनाको स्टाफ कलेज कोर्समा सहभागी गराइएको थियो ।

सशस्त्रको एसएसपी बढुवा सिफारिस सूचीमा कँडेल र कुँवरसँगै दिग्विजय सुवेदी, विश्वकुमार भट्टराई, भूपेन्द्र केसीसहित १६ जना परेका छन् ।

सशस्त्रमा हुने आन्तिरक निर्णयमा समेत कुँवर हाबी देखिएको बताइन्छ । केन्द्र प्रबन्ध शाखाको जिम्मेवारी पाएका कुँवरसामु आईजीपी राजु अर्याल समेत निरीह रहेको बताइन्छ । लेखालगायत आर्थिक गतिविधि हुने स्थानमा कुँवरकै हालीमुहाली रहेको कतिपयको भनाइ छ ।

उनले आफूलाई ‘प्रधानमन्त्रीको मान्छे’ भन्दै सरुवा–बढुवामा समेत हस्तक्षेप गर्दै आएको सशस्त्रका अधिकारीहरूको गुनासो छ ।

उनले सशस्त्रको आईजीपी बनाउन समेत आफ्नो भूमिका रहँदै आएको बताउने गरेको अधिकारीहरूको भनाइ छ ।

तस्बिर : सामाजिक सञ्जालबाट
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro