site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘निर्मलाको हत्यारा पत्ता लगाएन भन्नेले सत्तामा पुगेपछि के गर्‍यो ?’
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद केदार सिग्देलले निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न सरकारसँग माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले किन हत्यारा पत्ता नलगाएको ? भन्दै प्रश्न गरे ।

उनले प्रतिपक्षमा हुँदा सरकारले हत्यारा पत्ता लगाएन भन्दै चर्को बोल्ने नेपाली कांग्रेसले सत्तामा पुगेपछि हत्यारा पत्ता लगाउन के–के काम गरेको छ ? भन्दै प्रश्न गरे ।

“तत्कालीन ओली सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसका सांसद्हरू बोलेको हलमा सुनिन्थ्यो । देउवा सरकारले एक वर्षसम्म अपराधी पत्ता लगाउन के गर्‍यो ? सिन्को भाँचेको छैन” उनले भने, “अपराधी, दोषी पत्ता लगाउन माग गर्दछु । नेकपा (एमाले) सहयोग गर्न तयार छ ।”

कञ्चपुरकी बालिका निर्मलाको बलात्कारपश्चात् हत्या भएको मंगलबार चार वर्ष पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro