site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदको प्रश्न– मंकीपक्सबाट बच्न सरकारले के तयारी गरेको छ ?
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले मंकीपक्सको प्रकोपबाट बच्न सरकारले के तयारी गरेको छ ? भन्दै गरेका छन् ।

उनले विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपत्काल घोषणा गरिसकेको मंकीपक्सका विषयमा नेपाल सरकार र स्वास्थ्य मन्त्रालय भने निद्रामा रहेको आरोप लगाए ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले छिमेकी देश भारतमा समेत संकट फैलिएको र चारजनामा लक्षण देखापरेको भन्दै नेपालमा फैलन नदिन सीमानाकामा कडाइ गर्न आग्रह गरे ।

“दुनियाँमा पाँचजनाले ज्यान गुमाए । धेरै ठूलो कुरो होइन होला । तर, अमेरिका, युरोपजस्ता देशमा हायलकायल बनाएको छ,” उनले भने, “हाम्रो सरकार कुनै सार्वजनिक ढंगले सरकार मौन बसेको छ । सरकार निद्रामा छ । हाम्रा सिमानामा साइनबोर्ड र एयरपोर्टमा साइनबोर्ड भएको छैन ।”

सोबारेमा उनले सिमानाकामा कडाइ र सचेतना गर्ने तथा ‘टेस्ट स्टेसन’ खडा गर्न माग गरे ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १३:४०