site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा दुई किशोरी बलात्कृत, दुईजना पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । झापामा दुईजना किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिवारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डललाई प्रहरीले पक्राउ गरेको छ । पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको भन्ने जाहेरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्