site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिन्धुपाल्चोकमा भिरबाट खस्दा एक महिलासहित बालकको मृत्यु
Sarbottam CementSarbottam Cement

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भिरबाट खस्दा एक महिलासहित बालकको मृत्यु भएको छ । 

चौतारा साङ्गाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका–११ बस्ने ५ वर्षीय विशेष चालिसेको भिरबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मृतक महिला बालकको ठूलीआमा रहेको र उनीहरू इन्द्रावती गाउँपालिका–१० भोटसिपामा रहेको माइत जाँदै गर्दा भिरबाट खसेर खोलाले बगाएको उनीहरूसँगै रहेकी बालकको आमा पार्वती चालिसेले बताएकी छन् ।

दुवै जनाको शव केही तल खोलामा भेटीएपछि परीक्षणका लागि मेलम्ची लगिएको इलाका प्रहरी कार्यालय नवलपुका प्रहरी निरीक्षक इन्द्रजीत इटनीले जानकारी दिनुभयो । घटना दिउँसो भएको हो ।

Global Ime bank

शव केही तल इन्द्रावती खोलामा भेटिएको थियो । बाटो निकै अप्ठेरो रहेको र अझै दुर्घटना हुनसक्ने भन्दै स्थानीयले उक्त बाटो प्रयोग नगर्न आग्रह गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC