site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिंहदरबारमा प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र गौतमबीच सोमबार सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । उनीहरूबीच करिब आधा घण्टा छलफल भएको हो । 

भेटमा वाम एकता लगायतका विषयमा कुराकानी भएको दुवै नेताको सचिवालयले जनाएका छन् । पछिल्लोपटक वाम एकताका लागि भन्दै नेताहरूको भेटघाट बाक्लिएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:५१