site stats
बाह्रखरी :: Baahrakhari
देश
'ब्ल्याकमेल' गरेर बलात्कारको प्रयास गरेकाे आरोपमा दुईजना पक्राउ
सांकेतिक तस्बिर ।

काठमाडौं । रुपन्देहीमा ब्ल्याकमेल गरेर बलात्कारको प्रयास गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

एक किशोरीलाई निजी तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरी बलात्कारको प्रयास गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन ।

Argakhachi Cement Island Ad

पक्राउ पर्नेमा गैडहवा गाउँपालिका–९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका–१ का १७ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक युवतीलाई रुँदै आत्तिएको अवस्थामा शनिबार राति फेला पारेको थियो ।

प्रहरीले सोधपुछ गर्दा किशोरले ती युवतीको विभिन्न फोटाहरू फेसबुकमा राखी भाइरल गरिदिन्छु भन्दै ब्ल्याकमेल गरी शनिबार साँझ भेट्न बोलाइ आफूहरूलाई यौन सम्बन्ध राख्न दिएमात्रै फोटाहरू हटाउने भन्दै त्रास देखाएको पाइएको थियो ।

युवती भागेर आएको र घटनामा संलग्न उनीहरूको खोजी गर्ने क्रममा सैनामैना नगरपालिका–७ देउवापारमा फेला परेका दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट युवतीको निजी तस्बिर भएको एक थान मोबाइल बरामद भएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्