site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिम टेक्सस र बाना च्याम्पियन

काठमाडौं । बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सस र महिलातर्फ आयोजनक बाना च्याम्पियन बनेका छन् । 

पुरुषतर्फको फाइनलमा टेक्ससमा रहेको सुदूरपश्चिम टिमले सिन्धु बुद्ध टिमलाई ३-१ को सेटमा हराएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु बुद्धविरुद्ध सुदूरपश्चिमले पहिलो सेट २५–२३ ले जितेको थियो ।

दोस्रो सेट २२–२५ ले गुमाए पनि बाँकी सेट जित्न सफल भएको थियो । तेस्रो सेट २५–१२ ले जितेको सुदूरपश्चिमले चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । 

महिलातर्फको उपाधि आयोजक बानाले फाइनलमा म्याग्दि समाजलाई २–१ को सेटमा हरायो । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्व खेलाडी रमिला तन्डुकारले कप्तानी गरेको टिम विजयी भएको हो । 

प्रतियोगितामा  सुदूरपश्चिम टेक्सासका कैलाश भट्ट पुरूषतर्फ र  महिलातर्फ रमिला तन्डुकार पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडी घोषित भए । 

प्रतियोगिताको पुरुषतर्फको विजेताले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर हात पार्‍यो भने उपविजेता बनेको सिन्धु बुद्धले तीन हजार तीन सय ३३ अमेरिकी डलर पायो । 

त्यस्तै महिलातर्फ च्याम्पियन बनेको बानाले एक हजार एक सय ११ अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले पाँच सय ५५ डलर हात पार्‍यो । 

दुई दिनसम्म चलेको प्रतियोगितामा महिलामा चार टिम र पुरुषमा १८ टिमको सहभागिता रहेको थियो । 

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासका उपनियोग प्रमुख कुमार राज खरेल रहेका थिए । विशेष अतिथिमा विधान सभा सदस्य डा. ह्यारी भण्डारी, महावाणिज्यदूत प्रेम राजा महत, दूतावासका आमन्त्रित अतिथि, बानाका गुठी सदस्य प्रभु थापा ,विभिन्न संघ संस्थाका व्यक्तित्वहरू तथा प्रायोजकहरू समेतले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro