site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पुरानो ब्रान्डको कारसँग नयाँ चेरी कार साट्दा ६ लाख ३१ हजारसम्म फाइदा

काठमाडौं – चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्सचेन्ज विक योजना ल्याएको छ ।

थापाथलीमा रहेको चेरीको फ्ल्यागसिस सोरुममा आजदेखि सुरु भएको उक्त एक्सचेन्ज विक आगामी आइतबार सम्म चल्ने छ ।

एक्सचेन्ज विकको अवसरमा पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिने एसपीजीले जनाएको छ । सो अवसरमा ४ लाख रुपैयाँसम्म छुट उपलब्ध हुने र पुरानो चेरी कारसँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस १ लाख सम्म उपलब्ध हुने अटोमोबाइल्सले उल्लेख गरेको छ । साथै एक्सचेन्ज बोनस पनि १ लाख सम्म उपलब्ध हुने जनाएको छ ।

ग्राहकलाई १ वर्षको इन्स्योरेन्स र १ वर्षको सडक कर निःशुल्क उपलब्ध हुने कम्पनीको जनाएको छ । समग्रमा चेरी टिग्गो सिरिजका गाडीमा ग्राहकले ६ लाख ३१ हजार रुपैयाँ सम्मको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:०६