राजनीति
काठमाडौं । सर्वोच्च अदालतले 'गाई' चुनाव चिह्न कसैलाई नदिन आदेश दिएको छ ।
न्यायाधीशद्वय डा. आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिटको अन्तिम टुंगो नलागेसम्म 'गाई' चिह्न कसैलाई नदिन अन्तरिम आदेश दिएको हो ।
निर्वाचन आयोगले गत असार २७ गते राष्ट्रिय जनवार कुनै दललाई दिन नहुने भन्दै निर्णय गरेको थियो । सोही निर्णयविरुद्ध थापाले उजुरी दिएका थिए ।
आयोगको निर्णयमा कुनै कानुनी आधार उल्लेख नगरेको अदालतको ठहर छ । त्यस्तै असार २७ को निर्णय यथास्थितिमा राख्नसमेत आदेशमा भनिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ १६:२३
प्रतिक्रिया दिनुहोस्