site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘आफूले टिकट पाए ठिक, अरूले पाए बेठिक भन्ने प्रवृत्ति देखियो’
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सुर्खेत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरू एकजुट हुन नसकेको बताएका छन् ।

शनिबार सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निरन्तरता एमाले भएको जिकिर गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

निर्वाचनमा टिकट नपाउने व्यक्तिले आफ्नै पार्टीका उमेदवारलाई जिताउन सहयोग नगर्नेजस्ता प्रवृत्ति देखिएको पनि उनले उल्लेख गरे ।

“चुनावमा आफूले टिकट पाए ठिक, अरूले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर देखियो । टिकट नपाए पनि जिताउँछु भन्नुपर्नेमा उल्टै असहयोग गरेको पाइयो,” उनले भने, “आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचारप्रसारमा नजाने र उमेदवारलाई हराउन लाग्नेजस्ता प्रवृत्ति चुनावमा देखियो । यस्तो प्रवृत्ति कम्युनिस्ट आचरणभित्र पर्दैन ।”

Royal Enfield Island Ad

एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरू सधैँ जनताको बीचमा देखिनुपर्ने बताए । “पार्टीमा पद पाउनासाथ आफ्नो गाउँमा, क्षेत्रमा पाइला नटेक्ने कार्यकर्ताबाट चुनाव जित्न सकिँदैन । जनताका माझमा पुगेर सुख–दुःखमा जसले साथ दियो उसैले जित्छ,” उनले भने । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro