site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले अहंकार देखाउन थाल्यो : माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहमा पहिलो दल बनेपछि नेपाली कांग्रेसले अहंकार देखाउन थालेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको मद्दतले नै स्थानीय निर्वाचनमा कांग्रेस पहिलो दल बनेको भन्दै त्यसपछि अहंकार देखाउन थालेको जिकिर गरे ।

अहिले कांग्रेसले नै आफ्नो पार्टीलाई प्रयोग गरेर आफैँलाई बुर्कुसी मार्ने हो कि भन्ने डर पैदा भएको समेत उनले बताए । दुईतिहाइको फुर्ती देखाएकालाई सडकमा फालेर इतिहासमा नै नयाँ कीर्तिमान बनाएको उनको भनाइ छ ।

अध्यक्ष नेपालले पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । केही व्यक्तिमा अहंकार बढेको र निरंकुश प्रवृत्ति हावी भएका कारण नै कम्युनिस्ट पार्टी विभाजित भएको तर्क समेत गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro