site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्ड भन्छन्– आपराधिक हल्ला गरियो, जोगिनुहोला
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताएका छन् ।

शनिबार जनकपुरधाममा सञ्चारकर्मीसँग उनले आउँदो निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने भन्ने कुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला मात्र भएको बताए । उनले सो कुरामा कुनै सत्यता नरहेको उल्लेख गरे । हुनै नसक्ने कुरालाई प्रचार गरिएको उनको भनाइ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रचण्डले झुटो कुरालाई अन्तर्राष्ट्रियस्तरमा समेत प्रचार गरिएको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुको कारण कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने विषयलाई लिएर नरहेको स्पष्ट पारे । तथ्यहीन र षड्यन्त्रमूलक प्रचारबाजीबाट सबै सतर्क हुन आवश्यक रहेकामा उनले जोड दिए ।

सत्ता गठबन्धन निर्वाचनसम्म रहनेमा शंका नगर्न आग्रह पनि गरे ।

Royal Enfield Island Ad

“यो सबै हावा कुरा हो । यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो । त्यसमा कुनै सत्यता छैन । हुन सक्दैन,” उनले भने, “आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यलाभको कामना गरेको हो । त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रियस्तरमा पनि प्रचार भएछ । यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमूलक कुराबाट जोगिनुहोला ।”

प्रचण्डले नागरिकता समस्या समाधान गर्न पाएकामा आफू निकै उत्साहित रहेको बताए । उनले अहिले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको जानकारी दिए ।

“जसपा फुटिसकेको अवस्था छ । यस अवस्थामा बाबुरामजी, माधवकुमार नेपालजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ,” उनले भने, “औपचारिक रूपमा कुनै टुंगोमा पुगेको छैन । छिट्टै यस विषयमा निर्णय हुनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro