site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वामपन्थी पृष्ठभूमिका पार्टीहरूबीच एकताको प्रयास भइरहेको छ : प्रचण्ड
फाइल तस्बिर ।

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचदलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरूबीच एकताको प्रयास भइरहेको बताएका छन् ।

पार्टीको कार्यक्रमका लागि सर्लाही जाने क्रममा आज जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले गठबन्धनभित्र रहेका सबै वामपन्थी पृष्ठभूमि भएका समूहसँग छलफल चलिरहेको र छिट्टै सकारात्मक परिणाम आउने बताए ।

“जनता समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराईको समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी छ,” अध्यक्ष प्रचण्डले भने, “जसपाका दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ । उपेन्द्र यादवजीले नेतृत्व गरेको पार्टी गठनबन्धनमै छँदै छ, बाबुरामजीले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने उहाँहरूले भन्दै आउनुभएको छ । त्यस कारण बाबुरामजीको समूह पनि हाम्रै गठबन्धनमा रहने मेरो विश्वास छ ।”

गठबन्धनमा रहेका वामपन्थी पृष्ठभूमिका दलहरूबीच चुनावी मोर्चा वा पार्टी एकताका लागि संयोजन समिति पनि बन्न सक्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, “हाम्रो छलफल चलिरहेको छ, तर अहिलेसम्म अन्तिम निर्णयमा पुग्न सकेका छैनौँ । सम्भवतः केही दिनभित्र एउटा निर्णयमा हामी पुग्छौँ ।”

आफूहरूकै जोडबलमा नै नागरिकता विधेयक पारित भएको र नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले विधेयक पारित भएसँगै नागरिकता विवाद पनि समाधान भएको बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro