site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ‘पुष्पलालबाट दीक्षित भएर नयाँ पार्टी खोलेको हुँ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई प्रोत्साहन गरेर देशमा समाजवाद आउन नसक्ने बताएका छन् । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले दलाल पुँजीलाई पोषेर र प्रोत्साहन गरेर देशको राष्ट्रिय पुँजीको प्रवद्र्धन हुनेकुरा सम्भव नहुने बताए । 

राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको देखा परेको भन्दै उनले यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक रहेको बताए । अध्यक्ष नेपालले नेपालको राजनीतिमा भ्रष्ट प्रवृति देखा परेकाले बेलैमा सचेत हुनुपर्ने आवश्यक्तामा जोड दिए । 

अध्यक्ष नेपालले पुष्पलालबाट दीक्षित भएर नै आफूले नयाँ पार्टी खोलेको बताए । “अहिले पनि हाम्रा सामु धेरै चुनौती छन् । तर, डराउनुपर्ने अवस्था छैन । हामीले नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौँ । इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौँ । कसैले असम्भव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौँ ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro