site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य बिमामा देखिएको समस्या मन्त्रिपरिषद्माबाट समाधान हुन्छ : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या समाधानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी बिरोध भइरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रिपरिषद्मा तत्काल प्रस्ताव लैजानेगरी प्रक्रिया अघि बढाइएको बताएका हुन् ।

शुक्रबार प्रतिनिधि सभाअन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले आर्थिक वर्षको बजेटमा बिमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै सञ्चालन गरिने व्यवस्थालाई संसद्ले पनि पारित गरेकाले अहिले बिमा सञ्चालनमा समस्या आएको पनि बताए । त्यसबारे बिमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले आफूले सो प्रक्रिया अघि बढाएको पनि समितिलाई उनले जानकारी गराए ।

मन्त्री खापुङले निजी क्षेत्रको सहभागिताबिना स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नहुने सुझाव सबैतिरबाट आएकाले सरकार सोही अनुसार अघि बढ्ने धारणा राखे । उनले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो र व्यवस्थित बनाउन सरकारले छुट्टै कम्पनी खडा गरेर अघि बढ्ने तयारी गरिरहेको पनि जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro