site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेजाको १५औँ साधारण सभाबाट विधान संशोधन गरिने, तयारी अन्तिम चरणमा

काठमाडौं । अमेरिकास्थित नेपाली मुलका पत्रकारहरूको संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १५औँ साधारण सभा हुने भएको छ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको प्रमुख आतिथ्यता रहने साधारण सभा आउँदो जुलाई २३ र २४ तारिखका दिन अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा हुने तय भएको छ ।

साधारण सभाको मिति नजिकिँदै गर्दा साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्था आवश्यक तयारीमा जुटिरहेको छ । गत वर्ष भर्जिनियामा सम्पन्न सातौँ अधिवेशनबाट निर्वाचित कार्य समितिले यस १५औँ साधारण सभालाई प्राथमिकताका साथ मूलत: संस्थाले गरेका क्रियाकलापहरू, भावी योजनाहरू, आर्थिक गतिविधिहरू, विधान संशोधन, आचारसंहिता र पुरस्कार तथा सम्मान कार्यविधि लगायतका विषयहरूमा केन्द्रित गर्ने गरी तयारी गरिरहेको जनाएको छ ।

संस्थाका अध्यक्ष विकासराज न्यौपानेले साधारणसभाको तयारीका सम्बन्धनमा जानकारी दिँदै भने, "हामी साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न कार्य विभाजन गरी तीव्रताका साथ आवश्यक तयारीमा जुटिरहेका छौँ । सबैले आआफ्नो जिम्मेवारी अनुसार काम गरिरहनु भएको छ ।"

अध्यक्ष न्यौपानेले सरोकारवालाहरूलाई साधारणसभामा उपस्थितका लागि विशेष अनुरोध गर्दै भने, "यो वार्षिक साधारण सभा निकै महत्वपूर्ण छ । यसलाई संस्थागत रूपमा बढी भन्दा बढी उपलब्धिमूलक बनाएर सफलतापूर्वक सम्पन्न गर्न गरिमामय उपस्थितका लागि सम्पूर्ण सदस्य तथा सम्बन्धित सबैलाई हामी नेजा परिवार विशेष अनुरोध गर्दछौँ ।"

संस्थाको लक्ष्य अनुसार यसपटकको साधारण सभा विधान परिमार्जन र आचारसंहिता तयार गर्नमा पनि केन्द्रित हुने भएको छ । जस अनुसार, संघको विधान संसोधनका लागि प्रस्ताव लगिनेछ ।

आम सदस्यहरूसँगबाट राय माग गरी विधान संशोधन उपसमितिले तयार पारेको ड्राफ्टलाई कार्यसमितिले अन्तिम रूप दिएर साधारण सभामा लग्न लागेको हो ।

पत्रकारितालाई थप व्यवस्थित, मर्यादित, विश्वसनीय र उत्तरदायी बनाउन आचारसंहिता बनाउने तयारी गरिएको छ ।

अध्यक्ष न्यौपानेले दिएको जानकारी अनुसार यस साधारण सभाले पत्रकारिता आचारसंहिता पारित गरी अक्षरशः कार्यान्वयनका  लागि निर्देशन दिनेछ ।

अमेरिकामा सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूले सामुदायिक पत्रकारितामा बढी केन्द्रित भएर नेपाल र नेपालीको पहिचान तथा उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् ।   

संघका महासचिव सुरज भण्डारीले दिएको जानकारी अनुसार दुई दिने साधारण सभाको कार्यक्रम मुख्य गरी उद्घाटनसत्र, बन्दसत्र र समापन गरी तीन चरणमा सञ्चालन गरिने भएको छ । साधारण सभाको उद्घाटनपछि बन्दसत्रमा, संस्थागत गतिविधिहरू समेटिएको महासचिवको प्रतिवेदन र आर्थिक कारोवारहरू समेटिएको कोषाध्यक्षको प्रतिवेदनमाथि आवश्यक छलफल गरेर पारित गरिनेछ ।

यस्तै, विधानमाथि आवश्यक छलफल गरी संशोधन गरी पारित गरिने कार्यतालिका तयार गरिएको छ ।

सन् २००७ मा स्थापना भएको यस संस्थाले यसै वर्षदेखि आफ्नो संस्थागत गतिविधिहरूलाई समेटेर वार्षिक बुलेटिन प्रकाशित गर्ने तयारी पनि गरेको छ । त्यसका लागि बाबुराम दाहाल संयोजक तथा लेखनाथ भण्डारी, राजु आचार्य, सुपेन्द्र बस्नेत, रामचन्द्र भट्ट, प्रतिमा बाँस्कोटा र लेखनाथ गौतम सदस्य रहने गरी गठित सात सदस्यीय प्रकाशन उपसमितिलाई जिम्मेवारी सुम्पिएको छ ।

यसैबिच, संघले आफ्नो साधारण सभाको अवसर पारेर आमा फाउन्डेसनसँगको सहकार्यमा एकहजार एक सय एघार डलर एघार राशिको 'नेजा सामुदायिक पत्रकारिता पुरस्कार'समेत प्रदान गर्ने गरी आवश्यक तयारी गरिरहेको संघले जनाएको छ । त्यसका लागि प्रक्रियामा भाग लिन संस्थाले इच्छुक क्रियाशिल पत्रकार तथा सञ्चार सम्वद्ध संस्थाहरूलाई आह्वान गरेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro