राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका केन्द्रीय विभागका प्रमुख न्यायाधीश रहेको आरोप लगाएका छन् ।
शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले न्यायालय लगायत विभिन्न स्थानमा कांग्रेसका मान्छेहरू रहेपनि राजीनामा दिएको कहिल्यै नसुनेको बताएका छन् ।
उनले ‘रिटाएर’ भइसकेका मान्छेलाई फकाई पदमा राखेर कांग्रेसले मुलुकमा बेथिति खडा गरेको आरोप लगाए ।
एमालेले गर्भनर र एम अधिकारी फरक व्यक्ति भएको भन्दाभन्दै पनि कांग्रेसले एम अधिकारी खोजेको खोजै गरेको उनको भनाइ छ ।
ओलीले अहिलेको बजेट भ्रष्ट बजेट भएको फुटेज हटाउनुले नै पुष्टि भएको तर्क गरे ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९ १९:२७
प्रतिक्रिया दिनुहोस्