site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'विदेशी बुहारीलाई तुरुन्तै नागरिकता दिने, ज्वाइँलाई कहिल्यै नदिने प्रावधान पितृसत्ताको उपज'
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सांसद रामकुमारी झाँक्रीले नागरिकताको प्रावधानमा समानता हुनुपर्ने बताएकी छन् । आजको प्रतिनिधि सभाको बैठकमा उनले संशोधन प्रस्ताव राख्दै छोराले बिहे गरेर ल्याएको गैरनागरिकले तुरुन्तै नागरिकता पाउने र छोरीले विहे गरेर ल्याएको गैरनागरिकले कहिल्यै नपाउने विषय पितृसत्तात्मक सोचको उपज भएको बताइन् । 

उनले सयौँ बालबालिका ‘स्टेट लेस नेस’ भएकाले नागरिकता लिइएको बताइन् । 

Argakhachi Cement Island Ad

“वैवाहिक अंगीकृतको सन्दर्भमा छोराले बिहे गरेर ल्याउने नागरिकको हकमा के गर्ने भन्ने मात्रै होइन । छोरीले बिहे गर्नेको हकमा के गर्ने भन्ने हो,” उनले भनिन्, “छोरीले बिहे गरेको गैरनागरिकले कहिल्यै प्राप्त नगर्ने तर छोराले बिहे गरेर ल्याएको गैरनागरिकलाई आजको आजै नागरिकता दिने कुरा विभेदपूर्ण मात्रै होइन कि पितृसत्ताले ग्रस्त भन्ने कुरा हो ।”

उनले यो विषयमा पेचिलो भएको बताइन् । त्यसैगरी झाँक्रीले अरू नसके पनि नेपाली आमाले जन्माएका छोराछोरीले निर्वाध रूपमा नागरिकता पाउने व्यवस्था गर्न आग्रह पनि गरिन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्