site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad


महालेखा परीक्षकका अनुसार केही वर्षयता २७४ जनाले सरकारले घोषणा गरेको विभूषण तथा पदहरू वितरण नभई गोदाममा  थन्किएका छन् । शासकले राज्यलाई बपौती ठानेको परिणाम हो सरकारले दिने विभूषणहरूको बहिष्कार ।

सरकारले बाँडेको पदकमा अस्वीकार हुने संख्या अनुपातका दृष्टिले धेरै भने छैन । सरकार वा शासन प्रणालीसँग चित्त नबुझेर पनि कतिले यस्ता सम्मान स्वीकार नगर्ने वा कतिपय अवस्थामा फर्काउनेसमेत गरेको पाइन्छ । 

गोदाम थन्किएका पदकहरू सबै अस्वीकार गरिएका पनि नहुनसक्छन् । कुनै कारणवश सम्बन्धित व्यक्तिको हातमा नपुगेको हुनसक्ने सम्भावना पनि छ । तर, एकै जनाले अस्वीकार गरे पनि सरकार त्यसप्रति गम्भीर हुनुपर्छ ।  

जनताले तिरस्कार गरेकाहरूलाई सरकारले पुरस्कार दिन थालेपछि चित्त नबुझ्नेले विभूषणहरू अस्वीकार गरेका छन् । यसबाट सही व्यक्तिले पाएका पदक र विभूषणको समेत उपहास भएको छ । 

हुन त विभूषण वितरणको निश्चित आधार सम्बन्धित ऐन र मापदण्डमा तोकिएको पनि छ । तर, शासकहरूले तजबिजमा वितरण गर्न थालेपछि पदकको गरिमा यसरी खस्केको हो ।

राणा र राजाहरूहरूले स्वेच्छामा पदक, विभूषण, मान पदवी बाँड्ने गर्थे । पछिल्ला शासकहरूले पनि आफूलाई उनीहरूजस्तै स्वेच्छाचारी बनाउन खोज्दा पदकमात्र होइन राज्यका धेरै क्रियाकलापप्रति जनतामा वितृष्णा बढेको छ ।

विभूषण वितरणै बन्द गरेर त्यसको गरिमा बढ्दैन । राष्ट्रका लागि योगदान गरेका आधारमा मात्र दिन थालियो भने विभूषणको पनि गरिमा बढ्नेछ । विभूषित हुनेहरूले पनि लज्जा वा ग्लानिको बोध गर्नु पर्नेछैन ।  

यथार्थमा राज्यका तर्फबाट दिइने विभूषण अस्वीकृत हुने वा फर्काइने अवस्था कुनै नागरिकका लागि पनि प्रिय हुनसक्तैन । यसैले सरकार विशेषगरी विभूषण सिफारिसका लागि गठित समितिले यसमा गम्भीर ध्यान दिनुपर्छ ।
 
केही पहिले नै विभूषणका लागि प्रस्तावित नामहरू सार्वजनिक गरिए सम्भवतः विवाद कम गर्न सहयोग पुग्नेछ । आशा गरौँ, अब घोषणा गर्ने विभूषणमा विवाद नहुने सुनिश्चित सरकारले गर्नेछ । अपराधीले तक्मा पाउने अवस्थाको त कम्तीमा अन्त्य हुनै पर्छ ।    
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro