site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विरोधका बाबजुद रनिल विक्रमासिंघे श्रीलंकाको राष्ट्रपतिमा विजयी

कोलम्बो । जनताको विरोधका बाबजुद श्रीलंकाको राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे नै निर्वाचित भएका छन् । बुधबार संसद्मा भएको राष्ट्रपतिको निर्वाचनमा उनी विजयी भएको सभामुखले घोषणा गरेका हुन् ।

उनले १३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी दुल्लस अलाहप्पेरुमेले ८२ र अनुरा कुमारा दिसानायकेले तीन मत पाए ।

तत्कालीन राष्ट्रपति गोटाबाय राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवहाक राष्ट्रपति बनाइएको थियो । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बरसम्म रहनेछ । गोटाबायको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २२५ सदस्यीय श्रीलंकाली संसद्को ५० प्रतिशत अर्थात् ११३ सांसदको समर्थन आवश्यक हुन्छ । डेली मिररबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro