site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ बानेश्वरमा फुटपाथ व्यापारीले बिरामी बोकेको गाडीलाई बाटो नछोडेपछि...
फाइल तस्बिर

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर नजिकै फुटपाथ व्यापारीले बिरामी गाडीलाई बाटो नछोड्दा चर्काचर्की भएको छ ।

घरबाट विरामी बोकेको गाडी निस्किदा फुटपाथ व्यापारीले बाटो नछोड्दा दुबैपक्षबीच चर्काचर्की भएको काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रमुख धनपति सापकोटाले बताए ।

“बिरामी बोकेको गाडीलाई बाटो छोड भन्दा व्यापारीले छोड्न मानेनन् । उल्टै व्यापारीले मुख छोडे, त्यसपछि दोहोरो चर्काचर्की भयो,” उनले भने, “मान्छेको मानवीय संवेदनाको कुरा पनि हुन्छ । उल्टै आफ्नो अधिकार जस्तो भनेर सास्ती दिए ।”

नयाँ बानेश्वर क्षेत्रमा नागरिकले फुटपाथकै कारण अत्याधिक सास्ती खेपिरहेको गुनासो पनि गरेको सापकोटोको भनाइ छ ।

सापकोटाले व्यापारीलाई कुनै पनि कारवाही नगरिएको बताए । उनले नयाँ बानेश्वर क्षेत्रमा अत्याधिक फुटपाथ व्यापार बढेको बताए । आफूहरुले सो क्षेत्रमा फुटपाथ व्यापार गर्न नदिने गरी गृहकार्य गरिरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro