site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोका कारण लमजुङ, दार्चुला र प्युठानमा सडक अवरुद्ध
फाइल तस्बिर ।

काठमाडौं । पहिरोका कारण लमजुङ, दार्चुला र प्युठानमा सडक अवरुद्ध भएको छ ।

लमजुङको बेँसीसहर नगरपालिका–१, उदिपुरस्थित डुम्रे–बेँसीसहर सडकखण्डमा आज बिहान अविरल वर्षासँगै खसेको पहिरोको कारण सडक अवरुद्ध भएको छ ।

Argakhachi Cement Island Ad

दार्चुलाको शैल्यशिखर नगरपालिका–६, ग्वानिस्थित दुल्लीगाड भन्ने स्थानमा अविरल वर्षाका कारण सडकको पर्खाल भत्किँदा दार्चुला–गोकुलेश्वर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दार्चुलाकै मालिकार्जुन गाउँपालिका–८, धामिगाडा भन्ने स्थानमा पहिरो खस्दा दार्चुला–गोकुलेश्वर सडक अवरुद्ध भएको छ ।

प्युठानको सरुमारानी गाउँपालिका–४, अँधेरीखोला र पाखुरीखोलामा बुधबार बिहान पहिरो खस्दा प्युठान–भालुवाङ सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्