site stats
बाह्रखरी :: Baahrakhari
देश
मनमैजुबाट नौ ‘जुवाडे’ पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको मनमैजुबाट नौ ‘जुवाडे’ पक्राउ परेका छन् ।

तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित धादिङको खनियाबास गाउँपालिका–४ का  ३९ वर्षीय अजय तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नगद ७० हजार ३०० रुपैयाँ र चार बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्