site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
हँसाउने कैलाशलाई सधैँ डर ! (भिडियो वार्ता)

काठमाडौं । कैलाश कार्की ‘स्ट्यान्डअप कमेडी’मा करियर चम्काउने दौडमा छन् । दर्शकले उनलाई रुचाउन थालेका छन् । कतिपय दर्शकले ‘भिखारी’ भनेर चिन्छन्, कतिपयले ‘एस्ट्रोनट’ भनेर । भिखारी उनको पछिल्लो चिनारी हो । कमेडी च्याम्पियनको दोस्रो सिजनमा एस्ट्रोनट बनेका थिए ।

अहिले उनी भिखारी पात्रमार्फत हरेक मंगलबार ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा दर्शकलाई पेट मिचिमिचि हँसाउन आउँछन् । कैलाश यही शोबाट बढी ‘नोटिस’ भए ।

कमेडी च्याम्पियनको पहिलो र दोस्रो दुवै सिजनमा प्रतिस्पर्धा गरे । तर, उपाधि जित्न सकेनन् । कमेडी च्याम्पियनबाट पाउन नसकेको ‘फेम’‘कमेडी क्लब विथ च्याम्पियन्सबाट पाएको भन्ने थुप्रै छन् । तर, कैलाश त्यो मान्न तयार छैनन् ।

Dabur Nepal

“मैले आफूले आफैँलाई भन्दा त्यो भन्दिनँ । किनभने, म त्यहाँ गएर यहाँ आइपुगेको हो । त्यसैले मैले यहीँ आएर फेम पाएको भनेर भन्दिनँ । कमेडी च्याम्पियनको धेरथोर फेमले यता आइपुगेको हुँ । सिजन–१ मात्र होइन, सिजन–२ नआएको भए पनि आज सायद म यहाँ हुँदिन थिएँ होला,” उनी भन्छन् ।

उपाधि जित्न नसके पनि त्यसबाट आजको ठाउँसम्म पुग्ने बाटो तय भएका कारण उनी खुसी नै छन् । कैलाश ‘पन्च लाइन’ दिएर दर्शकलाई हँसाउन खप्पिस मानिन्छन् ।

उनको बुझाइमा स्ट्यान्डअप कमेडी हास्यव्यंग्यको चल्दै आएको धारभन्दा फरक छ । क्रियटिभ हुनुपर्छ । अनुहारको हाउभाउ र क्यारिकेचर गरेर नभई कन्टेन्टले हँसाउन सक्नुपर्छ ।

हरेक हप्ता नयाँ कन्टेन्ट तयार गर्न कैलाश कतिको ‘प्रेसर फिल’ गर्छन् त ? “प्रेसर त हुन्छ नै । तर, यो अब मेरो लागि काम नै जस्तो भइसकेको छ । यसो हेर्दा हाम्रो मात्रै होइन, जुनसुकै फिल्डमा यस्तै हुन्छ होला नि,” उनी भन्छन्, “हामीलाई चाहिँ छायांकनभन्दा दुई–तीन दिनअगाडि एकदमै तनाव हुन्छ । नयाँ जोक्स हुन्छ, फेरि सिधै गेस्टहरूको अगाडि सुनाउँदा अफेन्स भइदिनुहुन्छ कि भन्ने डर हुन्छ । त्यसमाथि अलिअलि रोस्ट पनि गरिन्छ । कतै रिसाइदिनु पो हुन्छ कि वा नराम्रो सोच्दिनु पो हुन्छ कि भन्ने डर भइरहन्छ ।”

०००

आफूले पनि हँसाउन सक्नेरहेछु भनेर कैलाशलाई कमेडी च्याम्पियनमा भिडियो पठाएर सेलेक्ट भएपछि नै थाहा भयो । हुन त उनी कलेज र जमघटमा पनि आफ्ना कुराले साथीभाइलाई हँसाइरहन्थे । तर, जोक्स नै लेख्ने, व्यंग्य नै गर्ने उनले कमेडी च्याम्पियनमा आएपछि नै सुरु गरेका हुन् ।

कमेडी च्याम्पियनको यात्राबारे कैलाश सुनाउँछन्, “हुन त म भारतीय र नेपालकै पनि स्ट्यान्डअप कमेडीहरू हेरिरहन्थे । यता, रेडियो अडियो र सुमन कार्की दाइलाई पनि फलो गर्थेँ । उहाँहरूको फेसबुकमा देखेपछि नेपालमा पनि यस्तो प्रतियोगिता आउँदै रहेछ, किन ट्राइ नगर्ने त भनेर आएँ ।”

कैलाश बाल्यकालमा चकचके थिए । “म एकदमै उट्पट्याङ गर्थेँ । त्यो उट्पट्याङ चिजहरूले अहिले काम गरिरहेको छ जस्तो लाग्छ । बचपनको उट्पट्याङ चिजहरू सम्झेर लेख्दा अझ मिठो हुनेरहेछ । अझ कम बिगार गरिएछजस्तो लाग्छ । न सोझो न धेरै चकचके स्वभावको थिएँ,” उनले बाल्यकाल सम्झिए ।

स्टेजमा सधैँ हँसाउने कैलाश स्टेजबाहिर फरक देखिन्छन् । उनी आफैँ पनि स्टेजमा नहुँदा सिरियस हुन रुचाउँछन् । त्यसैले कतिपयले ‘तपाईं कति सिरियस हुनुहुन्छ’ पनि भन्छन् रे !

स्ट्यान्डअप कमेडीमा नआएको भए उनी विदेश पुगिसकेका हुनसक्थे । पढाइमा अब्बल उनी लोकसेवा दिएर कुनै सरकारी जागिर गरिरहेका पनि हुनसक्थे । तर, अहिले जे छन्, त्यसमै प्रसन्न छन् । सन्तुष्ट छन् । आफूलाई निखार्न लागिपरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro