site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगञ्ज नाकाबाट निर्यातमा ७३ प्रतिशतले वृद्धि
Tiktok banner adTiktok banner ad

पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात ७३ प्रतिशतले बढेको हो ।

आव २०७७-८७ को साउनदेखि जेठसम्मको ११ महिनामा ४४ अर्ब २४ करोड २३ लाख रुपैयाँभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी ३२ अर्ब ३१ करोड २४ लाख बढी अर्थात् ७६ अर्ब ५५ करोड ४७ लाख रुपैयाँभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा ७६.०३ प्रतिशत बढी हो ।

वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले यस नाकाबाट हुने कारोबार बढेसँगै यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा परेको बताए ।

गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब २३ प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ । गत आवको ११ महिनामा एक खर्ब ५३ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएकामा हाल ३४ अर्ब ८० करोड एक लाख रुपैयाँभन्दा बढी अर्थात् एक खर्ब ८८ अर्ब ७८ करोड ६२ लाख राजस्व संकलन गर्न सफल भएको उक्त कार्यालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro