site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इस्टोनियाको आकासमा रुसी सैनिक हेलिकोप्टर उड्यो

मस्को । रुसी लडाकु मिग–८ हेलिकोप्टर शनिबार उत्तर एटलान्टिक सन्धि सँगठन (नेटो)को सदस्य राष्ट्र इस्टोनियाको आकास मार्गमा प्रवेश गरेको इस्टोनियाले जनाएको छ । स्पेनको राजधानी म्याड्रिडमा नेटोको महत्वपूर्ण शिखर बैठक हुनु केही दिन अघि रुसले यस्तो व्यवहार प्रदर्शन गरेको हो ।

लामो समयदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोलाई खतराको रूपमा लिँदै आएका छन् । यसै खतरालाई लिएर रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । इस्टोनियाले रुसी सैनिक हेलिकोप्टर आफ्नो भूभागमा करिव दुई मिनेटसम्म उडेको यस कार्य मार्फत रुसले नेटोलाई थप धम्की दिएको जानकारी दिएको छ । 

इस्टोनियाको रक्षा मन्त्रालयले विना अनुमति यसरी रुसी हेलिकोप्टर आफ्नो कोइदुला क्षेत्रमा प्रवेश गरेको र रुसको पछिल्ला थुप्रै वायु हस्तक्षेपको यो एक उदाहरण भएको जनाएको छ । रक्षा मन्त्रालयका वरिष्ठ अधिकारी कुस्ती साल्मले रुसले इस्टोनियामाथि क्षेप्यास्त्र आक्रमणका लागि अनुकरण गरिरहेको र अहिले रुसको खतरा निकै उच्च रहेको बताएका छन् । 

२९ जुनमा हुन गइरहेको म्याड्रिडको बैठकमा नेटो सदस्यहरूबीच रुसको युक्रेनमाथिको आक्रमणलाई लिएर आफूहरू कसरी सुदृढ हुनेबारे छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ । 

गत मे महिनामा नेटोको सदस्यताका लागि आवेदन दिएका रुसको छिमेकी मुलुक फिनल्यान्डमा पनि रुसी सैनिक एमआई– १७ हेलिकोप्टर प्रवेश गरेको थियो । अहिले रुसले आफ्नो अर्को छिमेकी मुलुक लिथुआनियालाई पनि चेतावनी दिइरहेको छ । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro