site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अछाममा उत्पन्न तनाव सामान्य बन्दै

सुदूरपश्चिम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा आज एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ ।

यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भीरमा आज मृत भेटिएका थिए । निज शाहीको हत्या गरिएको भन्दै स्थानीयवासीले प्रदर्शन गर्दै प्रहरी कार्यालय र प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले प्रदर्शनकारी तोडफोडमा उत्रेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाईफायर समेत गर्नुपरेको बताए । “प्रदर्शनकारीले प्रहरीलाई घटनास्थलसम्म पुग्न नदिएर प्रहरी कार्यालय र गाडीमा तोडफोड गर्न थाले,” मरासिनीले भने, “बेलुका घटनास्थलमा पुगेर शव उठाउन दिइएपछि घटनाको अनुसन्धान थालिएको छ ।”

प्रदर्शनकारीले नगरपालिकाका प्रमुख र वडाध्यक्षले घटना घटाएको आरोप लगाएका छन् । गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन सो क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच विवाद र झै–झगडा भएको थियो । यही जेठ १७ गते पनि सो क्षेत्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झगडा भएको थियो । मृतक एमालेनिकटका युवा रहेको जनाइएको छ ।

“एकार्कामा आरोप–प्रत्यारोप गरी घटनालाई राजनीतिक रङ दिन खोजिएको छ,” प्रजिअ मरासिनीले भने, “चुनावका विषयलाई लिएर सो क्षेत्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झगडा भएको थियो । पारिवारिक झगडा पनि रहेको भन्नेछ ।” रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro