site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्वाचन अधिकृतको कार्यकक्षमा स्वस्तिक छाप भेटिएपछि मतगणना स्थगित

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा स्वस्तिक छाप फेला परेपछि मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृत राजेन्द्र भण्डारीको कार्यकक्षमा, मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेले गरेको विरोधका कारण मतगणना स्थगित भएको हो ।  

एमालेले सत्तारुढ गठबन्धनले चुनावमा धाँधली गर्ने उद्देश्यले स्वस्तिक छापसहित निर्वाचन अधिकृतको कार्यालयमा गठबन्धन निकटका एकजना कर्मचारी राखेको आरोप लगाएको छ ।   निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीसमेत भेटिएकाले छाप लगाएर मतपत्र साटासाट गर्ने काम गरिएको आशंका एमालेले गरेको छ । 

गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले मतगणना स्थलमा स्वस्तिक छाप भेटिएको तर कहाँबाट कसले त्यहाँ ल्याएर राख्यो भन्ने विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको बताउँदै अहिले सर्वदलीय बैठक बसिरहेको जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्