site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाराको करैयामाई गाउँपालिकामा जसपाको जित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बाराको करैयामाई गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । 

पालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा जसपा उमेदवारले जित हासिल गरेका हुन् । अध्यक्षमा शम्भु प्रसाद यादव ५,५९८ मतसहित निर्वाचित भए । उनले नेपाली कांग्रेसका भुनेश्वर धामीलाई पराजित गरे । धामीले ३,४०० मत प्राप्त गरे । 

यस्तै, उपाध्यक्षमा सुनैना कुमारी चौधरी विजयी भइन् । ५,४३९ मत प्राप्त गरेकी सुनैनाले उनले कांग्रेसकी चित्ररेखा कुमारी चौधरीलाई पराजित गरिन् । चित्ररेखाले ३,१७२ मत प्राप्त गरिन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०३:४७
प्रतिक्रिया दिनुहोस्