राजनीति
1652646069.jpg)
काठमाडौं । धादिङको खनियाबास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रणबहादुर तामाङ निर्वाचित भएका छन् ।
एक हजार ६०९ मत ल्याएर तामाङ निर्वाचित हुँदा स्वतन्त्र उमेदवार फुलबहादुर तामाङ एक हजार ३९६ मत ल्याएर पराजित भए । नेकपा एमालेका इमाल तामाङ एकहजार ६३ मत ल्याएर तेस्रो भए ।
उपाध्यक्षमा माओवादी केन्द्रका सेकेमान तामाङ एक हजार ८३७ मत सहित निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मरियम तामाङ एकहजार २३७ मत ल्याएर पारजित भइन् । नेकपा एसका फुरबहादुर तामाङ ७०४ मत ल्याएर तेस्रो भए ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ ०२:००
प्रतिक्रिया दिनुहोस्