site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले जित्यो सय पालिका, एमाले ६२ र माओवादी केन्द्र ४७
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्थानीय तह निर्वाचनमा पालिकाहरूको मत परिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म कांग्रेसले एक सय पालिकामा जित हात पारेको छ ।

अघिल्लो स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा (एमाले)ले ६२ पालिका जितेको छ । अघिल्लो निर्वाचनमा तेस्रो हैसियत पाएको नेकपा (माअ‍ोवादी केन्द्र) तेस्रो स्थानमा नेकपा (एमाले)लाई पछ्याउँदै छ । अहिलेसम्म माओवादी केन्द्रले एमालेले भन्दा १५ कम अर्थात ४७ पालिका जितेको छ ।  

नेकपा (एकीकृत समाजवादी)ले ४, जनता समाजवादी पार्टी (जसपा)ले तीन स्थानीय तह जितेका छन् । राष्ट्रिय जनमोर्चाले एक स्थानीय तह जितेर खाता खोलेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०१:४५
प्रतिक्रिया दिनुहोस्