राजनीति
1652646069.jpg)
काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन् ।
कोइरालाले ६ हजार ६४१ मत ल्याउँदा एमालेका भीमबहादुर गुरुङ ६ हजार ३६ मत ल्याएर पराजित भएका हुन् ।
उपप्रमुखमा एमालेकी भवानी केसीले पाँच हजार १८ मत ल्याएर निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्र चार हजार ४७५ मत ल्याएर पराजित भए ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ ०१:३३
प्रतिक्रिया दिनुहोस्