site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिन्धुलीको हरिहरपुगढीको अध्यक्षमा माओवादीका बज्रध्वज निर्वाचित

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का बज्रध्वज वाइवा निर्वाचित भएका छन् ।

उनले चार हजार ७२९ मत ल्याएर निर्वाचित हुँदा एमालेका मानबहादुर वाइवाले तीन हजार ६१६ मत ल्याएर पराजित भए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपाध्यक्षमा नेपाली कांग्रेसका चेखबहादुर थिङ पाँच हजार ७०३ मत पाएर निर्वाचित हुँदा एमालेकी निर्मला ठाडामगरले दुई हजार ८५५ मत ल्याएर पराजित भएकी छन् । 

हरिहरपुरगढीमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०१:१६
प्रतिक्रिया दिनुहोस्