site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गंगाबहादुर तामाङ विजयी भएका छन् ।

तामाङले ४,६६६ मत पाएर निर्वाचित हुँदा कांग्रेसका सुवास तिमिल्सनाले ४,१०५ र एमालेका नारायणकाजी श्रेष्ठले ३,०३८ मत पाएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङले ४,३९४ मत पाएर विजयी भइन् । एमालेकी सपना थापाले ३,६३३ र एकीकृत समाजवादीका ढालबहादुर थापाले २,४१८ मत ल्याएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ००:०६
प्रतिक्रिया दिनुहोस्