राजनीति

काठमाडौं । धनकुटाको पाख्रिवास नगरपालिकाको प्रमुखमा कांग्रेसका ज्ञानबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ पाँचहजार ४९८ मतसहित निर्वाचित हुँदा नेकपा (एमाले)का भीमबहादुर राई पाँचहजार ५३ मत ल्याएर पराजित भए ।
नगरपालिकाको उपप्रमुखमा एमालेकी नम्रता गौतम पाँचहजार ६२ मतसहित निर्वाचित हुँदा माओवादी केन्द्रका ओमप्रकाश निरौलाले चारहजार ६४१ मत ल्याएर पराजित भए ।
पाख्रीबासमा राप्रपाको प्रमुखमा ५७ मत आएको छ भने उपप्रमुखमा ६७ मत आएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ २३:१५
प्रतिक्रिया दिनुहोस्