site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तनहुँको आँबुखैरेनीमा माओवादी विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उमेदवार निर्वाचित भएका छन् । अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल निर्वाचित भएका हुन् ।

तीन हजार ९४० मतसहित चुमान अध्यक्ष निर्वाचित हुँदा कांग्रेसका गिरबहादुर थापा दुई हजार २३० मत ल्याएर पराजित भए । पराजित थापा आँबुखैरेनीका निर्वतमान अध्यक्ष हुन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी अर्याल दुई हजार ४ मत प्राप्त गरी निर्वाचित हुँदा कांग्रेसकी पवित्रा गौलीले दुई हजार १८३ मत पाएर पराजित भइन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  २३:०७
प्रतिक्रिया दिनुहोस्