site stats
बाह्रखरी :: Baahrakhari
देश
दार्चुलामा विजयी जुलुसमा गएको हायस दुर्घटना, तीनजनाको मृत्यु 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । दार्चुलामा हायस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। विजयी जुलुसमा सहभागी हुने कार्यकर्तालाई लिन जान लागेको से१ज २७७ नम्बरको हायस महाकाली राजमार्ग अन्तरगत शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको हो ।
  
सोमबार बिहान साढे ९ बजे भएको दुर्घटनामा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

चालक प्रकाशसिंह धामी, सहचालक नवीनसिंह धामी र हरिष धामीको  मृत्यु भएको उनले बताए ।  मृतक तीनैजना वडा नम्बर ६ ग्वानीका स्थानीय हुन् ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्