
काठमाडौं । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उमेदवार विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार स्वतन्त्र उमेदवार दौलथ कुमार कुलुङ(राई) विजयी भएका हुन् । उनले एक हजार ८१४ मत प्राप्त गरे ।
निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका महेश राईले एक हजार ७८६ मत प्राप्त गरे । एमालेका शान्ति बहादुर अधिकारीले एक हजार ३८३ मत प्राप्त गरे ।
उपाध्यक्षमा कांग्रेसबाट अस्मिता कुलुङ राई विजयी भइन् । उनले एक हजार ६२ मत प्राप्त गरिन् । निकटतम प्रतिष्पर्धी एमालेकी रीता घलेले एक हजार ५० मत प्राप्त गरिन् । माओवादीबाट लवती कुलुङले एक हजार ४४८ मत प्राप्त गरिन् ।
६ वडामध्ये २ र ५ नम्बर वडामा एमाले विजयी भएको छ । कांग्रेसले १,३,४ र ६ वडा जितेको छ ।